सहायक रथी कार्कीलाई च्छोरोल्पा राष्ट्रसेवा सम्मान -२०८२
च्छोरोल्पा मिडियाको सातौँ वार्षिकोत्सव सम्पन्न
काठमाडौं, माघ १६ ।
गौरीशंकर च्छोरोल्पा मिडिया प्रा.लि.को सातौँ वार्षिकोत्सव कार्यक्रम काठमाडौंस्थित तपस होटलमा भव्य रूपमा सम्पन्न भएको छ।
वरिष्ठ कलाकार मदनदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गीतकार तथा समाजसेवी शोभित उप्रेती रहनुभएको थियो। कार्यक्रममा फोटो पत्रकार जीवन लामालाई ‘लाईफटाइम फोटो जर्नालिज्म च्छोरोल्पा एचिभमेन्ट–२०८२’ प्रदान गरी विशेष सम्मान गरिएको थियो।
सोही कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई च्छोरोल्पा मिडियाका सम्मानहरू प्रदान गरिएको छ। च्छोरोल्पा सामाजिक सेवा सम्मान बाट शंकर जोशी, च्छोरोल्पा सामाजिक सेवा सम्मान–२०८२ बाट शिवराम थपलिया, च्छोरोल्पा पत्रकार सम्मान बाट सुवास योञ्जन, च्छोरोल्पा राष्ट्रसेवा सम्मान–२०८२ बाट सहायक रथी श्री रामचन्द्र कार्की, च्छोरोल्पा सर्वश्री कला सम्मान–२०८२ बाट कलाकार लक्ष्मी श्रेष्ठ तथा च्छोरोल्पा पत्रकारिता सम्मान–२०८२ बाट पत्रकार रमेश खतिवडा सम्मानित हुनुभएको हो।
यसैगरी कार्यक्रममा खड्की समाजकी अजिता खड्की, संगम सरोकार मञ्चका देवराज शर्मा, एकता समाज बानेश्वरका चमन कोइराला र लोकदोहोरी गायक असिम कटुवाललाई प्रशंसापत्र प्रदान गरिएको थियो भने राजनीतिज्ञ रुद्र खड्का र भिमबहादुर बुढाथोकीलाई धन्यवादपत्र प्रदान गरिएको छ।
कार्यक्रममा सभापति मदनदास श्रेष्ठ, प्रमुख अतिथि शोभित उप्रेती, विशिष्ट अतिथिहरू माननीय दिपेन्द्र श्रेष्ठ, देवेन्द्रप्रसाद सिटौला, सम्मानित व्यक्तित्व जीवन लामा, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, नवराज खड्का, विष्णु सिटौलालगायतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा नारायण पोखरेल, कमला कार्की र माधव खतिवडालाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रममा पत्रकार, कलाकार, साहित्यकार तथा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस अवसरमा ‘च्छोरोल्पा राष्ट्रसेवा सम्मान–२०८२’ बाट सम्मानित सहायक रथी श्री रामचन्द्र कार्कीलाई {अ.प्रा}लाइ कार्की नेपाली सेनाभित्र इमानदार, स्वच्छ, पारदर्शी र दूरदर्शी कमाण्डरका रूपमा परिचित हुनुहुन्छ। उहाँले नेपाली सेनामा लामो समयसम्म राष्ट्रसेवामा समर्पित रही जिम्मेवारीपूर्वक सेवा अवधि पूरा गर्नुभएको छ। हालै सेवा निवृत्त हुनुभएका कार्कीले आफ्नो कार्यकालमा अनुशासन, नेतृत्व क्षमता र निष्ठाको उदाहरण प्रस्तुत गर्दै संस्थागत सुशासनमा उल्लेखनीय योगदान पुर्याउनुभएको छ। उहाँको दीर्घ राष्ट्रसेवा, अनुकरणीय नेतृत्व र समर्पणको कदरस्वरूप च्छोरोल्पा मिडियाले उहाँलाई उक्त सम्मान प्रदान गरेको हो





