पूर्व अरनिको सेवा समितिका चालक द्वारा यात्रुको सामान फिर्ता नदिएको विषयमा गम्भीर चेतावनी
काठमाडौँ–२६
दोलखाको सैलुङ साहित्यिक सम्मेलन कार्यक्रममा सहभागी एक टोली सदस्यको यात्राकै क्रममा जिम्मा लगाइएको झोला र नगद रकम हालसम्म फिर्ता नआएको घटना सार्वजनिक भएको छ। यो केवल व्यक्तिगत समस्या नभई पूर्व अरनिको सेवा समितिको जिम्मेवारी र यात्रु सुरक्षामा ठूलो प्रश्न उठाउने विषय हो।
सैलुङ गाउँपालिकाको आयोजना र राष्ट्रिय दैनिक गोरखापत्रको सहकार्यमा सम्पन्न सम्मेलनमा सहभागी टोलीको लागि पूर्व अरनिको सेवा समितिले गाडी उपलब्ध गराएको थियो।
पीडितका अनुसार मिति २०८२/०८/०६ बिहान काठमाडौँ–२५, बत्तिसपुतलीस्थित होटल तपसबाट यात्रा सुरु गर्दा, यात्राकै क्रममा खरिढुङ्गा पुगेपछि आफ्नो झोलामा रहेको क्यामरा लेन्स, स्ट्यान्ड तथा नगद रु. ५,००० सुरक्षित राखिदिन चालकलाई जिम्मेवारीपूर्वक अनुरोध गरिएको थियो।
तर चालक युवराज कार्की, आफू रामेछापको फुलासी निवासी र पूर्व अरनिको सेवा समितिका चालक भएको भन्दै झोला सुरक्षित राख्ने आश्वासन दिए पनि, काठमाडौँ फर्किएपछि सामान फिर्ता नगरी, “रुपैयाँ खर्च भइसकेको, डिकीको चाबी हरायो” भनी बहाना देखाएको पीडितले बताएका छन्।
पटक–पटक सम्पर्क गर्दा पनि फोन नउठाउने, SMS मार्फत मात्र “दिन्छु” भनी विलम्ब गरिने क्रम जारी छ। समितिमा जानकारी गराए पनि चालकले सामान फिर्ता नगरेको, यस्तै अन्य गुनासाहरू समेत आएको पुष्टि भएको छ।
यो घटनाले स्पष्ट देखाउँछ कि यातायात सेवा समितिले जिम्मेवारीपूर्वक यात्रुको सुरक्षा र संस्थागत जवाफदेहिता पूरा गर्न असफल भएको छ। ऐतिहासिक महत्वको कार्यक्रममा संस्थाले उपलब्ध गराएको सेवा प्रयोग गर्ने व्यक्तिको सामान सुरक्षित राख्न नसक्नु गम्भीर लापर्वाही हो।
सम्बन्धित व्यक्ति वा पीडितको सामान भेटिएमा छिटो प्रहरी कार्यालयमा जानकारी गराउन र फिर्ता गराउन सर्वसाधारणसँग अनुरोध गरिएको छ।
यो घटना केवल व्यक्तिगत विवाद होइन; यातायात सेवा समितिको साख र यात्रु विश्वासमाथि प्रश्न उठाउने गम्भीर विषय हो। समयमै कारबाही र जवाफदेहिता सुनिश्चित गर्नु आवश्यक छ।
च्छोरोल्पा खबर





